top of page

Scholarship Information

जापानी विश्वविद्यालयमा छात्रवृत्ति: जापानी भाषा विद्यार्थीले जान्नै पर्ने तथ्य 

 

 

 

 

जापानी भाषाका विद्यार्थीहरुले, “जापानी विश्वविद्यालयहरुमा भर्ना हुनभन्दा अगाडि छात्रवृत्ति” सन्दर्भको बारेमा जानकारी नहुने कुरा एक सर्वेक्षणले जनाएको छ , जुन एकमहिना अगाडी मैले गरेको थिएँ। धेरैजसो विद्यार्थीहरु आफू उच्च शिक्षा हासिल गर्न चाहेको तर आर्थिक अभावका कारण नजाने गरेको कुरा पनि थाहा पाएको छ। यसको साथै, चार बर्षको पढाई (स्नातक) को लागि चाहिने खर्च, पार्ट टाईमको लागि समय नहुने, कुन बिषय पढेमा जापान लगायत नेपालमा उपयोगी हुने, जापानी भाषामा पढ्न नसक्ने मानसिकता , अंग्रेजी माध्यम बाट पढ्न चाहने कुरा पनि पत्ता लागेको छ।

आज, जापानी विश्वविद्यालयमा छात्रवृत्ति कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारेमा जानकारी गर्न चाहन्छु।

जापानी भाषा विद्यार्थीका लागि (विश्वविद्यालय दाखिला अघि र पछि )

  • आफू जान चाहेको विश्वविद्यालय को होमपेज वा स्वयम् बिश्वबिधालयमा गएर “बिदेशी विद्यार्थीका लागि छात्रवृत्ति” को बारेमा बुझ्ने, अझ सकिन्छ भने भाषा विधालयका टिचरलाई भनेर बिश्वबिधालयमा फोन गरेर जाने।

  • बिश्वबिधालयले मात्र नभएर जापानमा भएका विभिन्न संघसस्था अथवा ठुला ठुला कम्पनीहरुले पनि बिदेशी विद्यार्थीहरुलाई धेरै भन्दा धेरै छात्रवृत्तिदिने गर्दछन, जुन सरकारी (MEXT) छात्रवृत्ति भन्दा केही कम छैन। यसैले यस्ता सुवर्ण अवसरहरुकाबारेमा, जापानका बिश्वबिधालयमा अध्ययन गरि रहेका नेपाली वा बिदेशी नागरिकसंग वा इन्टरनेटको माध्यम इत्यादी बाट जति सकिन्छ धेरै जानकारी लिने।

 विभिन्न संघसस्था बाट छात्रवृत्ति कसरि पाउने ?

(स्नातक देखि पीएचडी सम्मनका लागि)

यहाँ “विभिन्न संघसस्था अथवा ठुला ठुला कम्पनीहरु” को अर्थ, चिया कम्पनी देखि लिएर हवाईजहाज बनाउने कम्पनि सम्मन बुझ्नु पर्दछ। जसले कम्तिमा १ वर्ष देखि ३/४ बर्ष सम्मनको लागि हरेक महिना करिब ७०,००० हजार देखि २ लाख सम्मनको अनुदान प्रदान गर्ने गर्दछ। यसको साथ-साथै देश बिदेश मा जानको लागि “शैक्षिक अनुसन्धान” (International Conference) को लागि पनि छुट्टै अनुदान दिने गर्छन।

कसरीआवेदन गर्ने (Application Procedure)?

सामान्यताआवेदनदिनेप्रक्रियादुईकिसिमकाहुन्छन।

१ ) विश्वविद्यालयको सिफारिस (University Recommendation)

  • धेरैजसो संघसस्थाले विश्वविद्यालयको सिफारिस को आधारमा, जापानका विश्वविद्यालयमा अध्ययन गरिरहेका बिदेशी विद्यार्थी लाई छात्रवृत्ति प्रदान गर्दछ। स्मरण रहोस , भिसा भने (VISA) “ विद्यार्थी”(College Student) नै हुनुपर्छ, त्यो भन्दा फरक भिसा भएकाले आवेदनदिनपाउदैन।

  • सिफारिस भन्ने बितिक्कै राम्रो GPA त चाहिन्छ नै , त्यो भन्दा बाहेक “विभिन्न कलेज गतिविधिहरु , अन्तर्राष्ट्रिय गतिविधिहरुमा” लागेका विद्यार्थीलाई प्राथमिकता दिने गरिएको छ। यसै गरि Master र PhD का विद्यार्थीहरुकोलागी “अनुसन्धान प्रस्ताव” Research Proposal मा बिसेष केन्द्रित हुने गर्दछ। साथै PhD लेवेलका विद्यार्थीहरुकोलागी भने conference मा भाग, journalहरुमा योगदान (Publication) दिएको बारेमा पनि केन्द्रित हुने गरिएको पाइन्छ।

 २) स्व आवेदन (Self -Application)

 

  • यसको लागि आफूले नै, छात्रवृत्ति प्रदान गर्दै आएका संघसस्थाका होमपेजको आधारमा आवेदन दिन पर्ने हुन्छ। धेरै जसो संघसस्थाले जापानिज भाषामा आवेदन मागगर्ने हुदा, जापानिज भाषाको आवस्यकता पर्ने हुन्छ। तर कुनै कुनै संघसस्थाको लागि अंग्रेजीभाषा आवेदन गर्दा पनि हुन्छ।

  • संघसस्था हेरेर बिभिन्न प्रकारका “मूल आधिकारिक दस्तावेज” (Original Documents)को आवस्यकता हुनेहुदा चाडै भन्दा चाडै व्यवस्था गर्नुपर्छ।

साधारणयता, सबै प्रकारको छात्रवृत्तिको लागि राम्रो research proposal, आफ्नो प्रोफेस्सोर को सिफारिस (Recommendation letter from Advisor/Professor) , राम्रो GPA र अन्तर्वार्ताकोलागिजापानीभाषाकोज्ञानहुनुपर्छ।

(टोक्योको अन्तर्राष्ट्रिय क्रिश्चियन विश्वविद्यालयमा “शैक्षिक प्रविधि” बिषयमा बिद्याबारिधि गरेका जिवकराज गत वर्ष नेसाजका अध्यक्ष र अहिले सल्लाहकार छन् ।)

- See more at: http://tokyonepal.com/2015/03/09/119221.html#sthash.mk4U77Ee.dpuf 

 

bottom of page